भारत–पाकिस्तान तनाव नेपालबाट उड्ने जहाज उडान प्रभावित, रूट परिवर्तन
भारत र पाकिस्तानबीच बुधबार बिहानदेखि कस्मिरमा जारी तनावपछि नेपालका उडान पनि प्रभावित भएका छन् । भारतीय वायु सेनाका दुईटा जहाज खसेपछि त्यो क्षेत्रमा दुबै देशका विमानस्थलहरू बन्द गरिएका छन् ।
भारत र पाकिस्तानी आकाशमा जहाज उड्न नदिएपछि नेपालबाट पश्चिम उड्ने जहाजको रूट परिवर्तन गरिएको छ। त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले नयाँदिल्लीबाट बिहानै जम्मु कस्मिरमाथिको आकाश प्रयोग नगर्न सन्देश आएको बताउनुभयो ।
भारतले त्यसका लागि नयाँ रूट दिएको छ । काठमाडौंबाट टर्किस, कतार लगायतका एयरलाइन्स पाकिस्तानी आकाश भएर उडान गर्थे ।
Facebook Comments

