अमेरिकाले चीन र नेपालको मित्रवत सम्बन्धमाथि हस्तक्षेप गर्न खोज्यो : चिनीयाँ राजदुत

चिनीयाँ राजदुत होउ यानछीले नेपाल र चीनको मित्रवत सम्बन्धमाथि अमेरिकाले हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपाल भ्रमणका दौरान चिनीयाँ लगानीबारे राखेको धारणाप्रति असन्तुष्टि जनाउँदै राजदुत यानछीले यस्तो बताउनुभएको हो ।

फागुन १३ गते नेपाल भ्रमणका क्रममा रहेकै बेला अमेरिकाका दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी मन्त्री फेल्टरले सञ्चारकर्मीसँगको कुराकानीमा एशिायाली मुलुकहरु श्रीलंका, माल्दिभ्स, मलेसिया लगायतका देशमा चिनियाँ लगानीले फाइदा नपुगेको धारणा राख्नुभएको थियो ।

चीनले नेपालमा गर्ने लगानी पनि पारदर्शी र नेपालको हितमा हुनुपर्ने फेल्टरको धारणा थियो । फेल्टरको यस्तो धारणाप्रति चिनीया नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले असन्तुष्टी जनाउँदै फेल्टरको भनाईलाई गैरजिम्मेबार भन्दै प्रतिवाद गर्नुभयो । अमेरिकी मन्त्रीले खास गरी बेल्ट एण्ड रोड इनिसिएटिभका बारेमा चासो देखाएको चिनीयाँ बुझाई छ ।

चीनले समान, खुला र पारदर्शी सिद्धान्त अपनाएको राजदुत यानछीको दावी समेत रहेको छ । उहाँले अल्पविकसित मुलुकलाई अमेरिकाले सहयोग गर्न नसकेको आरोप लगाउनुभयो । फेल्टरको भनाईलाई अमेरिकाले नेपाल र चीनबीचको मित्रवत् सहयोगमाथि हस्तक्षेप गर्न खोजेको रुपमा चीनले अथ्र्याएको छ ।

Facebook Comments