दिवंगत मन्त्री अधिकारीकाे राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने प्रदेश सरकारकाे निर्णय
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुधबार ताप्लेजुङ जिल्ला, फुङलीङ नगरपालिकाको सिस्नेभीरमा एअर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी लगायत ७ जनाकोे निधन भएकोमा स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेको छ ।
‘यस दुःखद घटनाप्रति गण्डकी प्रदेश सरकारको तर्फबाट शोक व्यक्त गर्दै दिवंगत माननीय रविन्द्रप्रसाद अधिकारी लगायत अन्य सबै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’ बैकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उहाँको प्राथिब शरीर दिउसो १ बजे पोखरा महानगरपालिका नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीको लागि राखिने, श्रद्धाञ्जलीको कार्यक्रम पछि उहाँको शवलाई प्रदशनी केन्द्रबाट नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगी राजकीय सम्मानका साथ अन्तेष्टी गरिने जनाइएको छ ।
काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेस कास्कीले बिहीबार शोक बिज्ञप्ति प्रकाशित गरी ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको जनाइएको छ । विज्ञप्तिमा विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदयमान नेता भएको उल्लेख छ ।
विज्ञप्तिमा सोही दुर्घटनामा यति एयरका प्रवन्ध निर्देशक आङ्छिरिङग शेर्पा, नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव्र भोछिभोया, उपसचिव युवराज दाहाल, पाईलट प्रभाकर केसी, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएकोमा दुःख व्यक्त गरिएको छ ।
विज्ञप्तिमा दुर्घटनामा मृत्यु भएकाको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना गरिएको छ । त्यस्तै, नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पनि शोक विज्ञप्ति प्रकाशित गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
नाताले भानिज पर्ने अधिकारीले विद्यार्थीकाल देखि नै रचनात्मक परिवर्तनको पक्षमा संघर्षशिल भुमिका निर्वाह गरेको स्मरण गरिएको छ । नेता शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीले देश र प्रजातन्त्रको पक्षमा उल्लेख्य योगदान पु¥याएको उल्लेख छ । उनको योगदानलाई सदाजिवन्त बनाउन नेकपा र परिवारलाई आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

