प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर स्थगित
आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । ताप्लेजुङ्मा हिजो भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो ।
राष्ट्रिय शोकको घोषण गरिएकोले आजका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको सङ्घीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिनुभयो । प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो ३ बजेलाई बोलाइएको छ । भोलिको बैठकमा मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरिने छ ।
Facebook Comments

