फेवाताल जोगाउन आमा समुह सक्रिय हुने

पोखरा महानगरपालिका ६ बैदाममा रहेको खहरे आमा समुहका सदस्य तथा सल्लाहकारहरुले फेवाताल जोगाउन सक्रिय हुने बताएउका छन् । समुहको पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट निर्वाचित अध्यक्ष मैया भट्टराई थापा लगायत पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गर्ने कार्यक्रमका वक्ताहरुले फेवाताल संरक्षणमा सक्रिय हुने बताएका हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि तथा समुहकी संस्थापक अध्यक्ष नानीमाया सिग्देलले फेवातालको वरपर वस्नेले नै फेवाताललाई फोहर गर्ने गरेको वताउँदै डिहिको पाटनदेखि खहरेसम्मका केहि घरबाट कपडा धोएको, नुहाएको साबुन पानी ढलमा मिसाईएको र त्यहि ढल फेवातालमा मिसिई फेवाताल दुर्गन्धित भएकोले एक जुट भएर त्यसलाई रोक्नु पर्ने बताउनुभयो ।

त्यस्तै पश्चिमाञ्चल होटल संघका पुर्व अध्यक्ष भरतराज पराजुली, सल्लाहकार चन्द्रकान्त पौडेल, पुर्व सल्लाहकार गुरुदत्त पहारी, संस्थाकी उपाध्यक्ष साबित्री तिमिल्सिना, आजिवन सदस्य रिता पहारीले फेवाताल जोगाउन हरेक हप्ता सरसफाई कार्यक्रम गर्दै आएकोमा अब फोहर फ्याक्नेलाई कारवाही गर्नुपर्ने वताएका थिए ।

निर्वाचन समिति संयोजक अधिवक्ता सुर्य प्रसाद तिमिल्सिनाले नवनिर्वाचित अध्यक्ष मैया भट्टराई थापालाई र अध्यक्ष थापाले उपाध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । अधिबेशनले मैया भट्टराई थापाको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको थियो ।

समितिको प्रथम उपाध्यक्षमा अन्जना पहारी, द्वितीय उपाध्यक्षमा साबित्री तिमिल्सिना, तृतीय उपाध्यक्ष पार्वती पहारी, महासचिवमा पम्फा थापा, सचीवमा मनु थापा भागिरथी, सह सचिवमा प्रभा कोइराला, कोषाध्यक्षमा सिता पौडेल पहारी, सहकोषाध्यक्षमा सत्य पहारी र सदस्यमा कमला पहारी, सन्जु पहारी, दिपा जलारी, कमला थापा, मिना रानाभाट, सत्य पहारी, उषा रावत, लीला अधिकारी कोइराला, चन्द्रा बास्तोला पहारी, सिता देवी पहारी, देवी लामिछाने, रेनु पौडेल, लता पहारी, पार्वती गौतम चयन भएका थिए, उनिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

दुई बर्षे कार्यकाल पुरा गरी पुनः अध्यक्षमा निर्वाचित मैया भट्टराई थापाले फेवा ताल बचाउ अभियान अन्तरगत हरेक हप्ता सरसफाइ नियमित गरिएको र अहिले सम्म १०६ औं हप्ताको सरसफाइ कार्यक्रम पनि पुरा गरेको बताउनु भयो । साथै उहाँले आमा समुहकी ९२ वर्षिय सदस्य मंगली जलारीको सक्रियताले हामीलाई अझै प्रेरण थपेको वताउनु भएको थियो ।

सो अबसरमा पर्यटन मन्त्री रवीन्द्र प्रसाद अधिकारीको फागुन १५ गते असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो । निर्वाचन समिति संयोजक तथा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता सुर्य प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सामुदायिक सेवा केन्द्र बैदामका सहसचिव दिपेन्द्र पहारीले र कार्यक्रम संचालन निर्वाचन समितिकी सदस्य तथा खहरे बाल क्लबकी अध्यक्ष प्रेरणा पराजुलीले गर्नु भएको थियो ।

Facebook Comments