पेट्रोलको भुक्तानीका लागि नगद नचाहिने

गण्डकी धौलागिरी क्षेत्रमा पेट्रोल राख्न नगद नचाहिने भएको छ । पेट्रोल राख्दा अव आइएमई पे मार्फत् विद्युतीय कारोबार गर्न सकिने भएको हो । मंगलबार पोखरामा आइएमई पे र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियसनवीच कारोबारका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई पेका तर्फबाट राजु पौडेल र पेट्रोलियम डिलर एशोसियसनका तर्फबाट राजन गोंगजुले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै अव सेवाग्राहीले गण्डकी धौलागिरी क्षेत्रका ५४ वटा पेट्रोल पम्पमा पेट्रोल राख्दा आइएमई पे मार्फत् भुक्तानी गर्न सक्नेछन् ।

एन्ड्रोइड मोवाइलमा आइएमई पे को मोवाइल वालेट डाउनलोड गरी त्यसै वालेटको प्रयोग मार्फत् भुक्तानी गर्न सकिने आइएमई पे का जनसम्पर्क प्रमुख राजु पौडेलले जानकारी दिनुभयो ।

आइएमई पे को माध्यमबाट सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि अनलागइन तथा स्थलगत स्टोरहरुमा क्यू आर मार्फत् भुक्तानी गर्ने, मोवाइल रिचार्ज गर्ने, घरायसी तथा कार्यालयका विल भुक्तानी गर्न सकिने जनाइएको छ ।

Facebook Comments