ट्रेड युनियन काँग्रेस कास्कीद्धारा स्थापना दिवसमा युरोगार्ड सहयोग
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन (युरोगार्ड) सहयोग गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालमा पानी शुद्धीकरण गर्ने मेसिन युरोगार्ड सहयोग गरिएको हो ।
नेपाल ट्रेड युनियन काँग्रेसको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पानी शुद्धिकरण गर्ने मेशिन सहयोग गरेको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीकी निर्वतमान अध्यक्ष कुलदेवी बराल, सल्लाहकार माधव बराल र कास्कीका अध्यक्ष विजयराज भण्डारीले संयुक्त रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यलाई हस्तान्तरण गरेका थिए ।
नेपाल ट्रेड युनियन काँग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल मजदुर संघका नाममा २००३ सालमा स्थापना भएको हो । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलबहादुर सापकोटाले स्वागत र सचिव रुद्र तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

