पश्चिमाञ्चल होटल संघकाे अध्यक्षमा पुनः विकल तुलाचन

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्विरोध चयन हुनुभएकाे छ । संघको मंगलबार पोखरामा सम्पन्न १९ औं अधिवेशनले तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसैगरी नवनिर्वाचित समितिको निवर्तमान अध्यक्षमा होटल पिस प्लाजाका भरत पराजुली रहनुभएकाे छ । प्रथम उपाध्यक्षमा होटल साकुराका लक्ष्मण सुबेदी, द्वितीय उपाध्यक्षमा मम्स गार्डेन रिसोर्टका दीपक श्रेष्ठ, महासचिवमा होटल ट्रोपिकानाका गणेशराज पहारी र सचिवमा होटल ग्ल्यासेयिरका राजेन्द्र ढकाल चयन हुनुभएकाे पश्चिमाञ्चल होटल संघले जनाएकाे छ ।

कोषाध्यक्षमा ल्याण्डमार्क होटलकी पार्वती पाण्डे, सहकोषाध्यक्षमा माउण्ट कैलाश रिसोर्टका नरेश बहादुर भट्टराई, सदस्यहरुमा फिस्टेल लजका अनिल श्रेष्ठ, ट्रेकर्स इनका महादेव भण्डारी, बाराही हस्पिटालिटी ग्रुपका बैभव पौडेल, सांग्रिला भिलेज रिसोर्टका अर्जुन मैनाली र पोखरा ग्राण्डका मनु नेपाली रहेको संघका प्रमुख निर्वाचन आयुक्त मेहरमान श्रेष्ठले जानकारी दिनुभयाे । क्रिस्टल प्यालेसका नेत्र पौडेल, अतिथि रिसोर्टका भरत शर्मा, योकोहामाका दोर्जे तामाङ र होटल लेगेसीका राजु थकाली मनाेनित गरिएकाे छ।

Facebook Comments