विजयपुर पुलमा हेभी लोड गाडी सञ्चालनमा रोक

पृथ्वी राजमार्गको पोखरा महानगरपालिका विजयपुरमा रहेको पुल जोखिममा परेको छ । सडक विभागले पुल मर्मत भइरहेको र केही समयका लागि हेभी लोड गाडी सञ्चालनमा रोक लगाएको छ । हेभी लोड गाडी रोक लगाएपछि पृथ्वी राजमार्ग हुँदै पोखरा आउने मालबहाक गाडीहरुलाई कठिनाई भएको छ ।

अहिले पुलको वीचभागमा अर्को नयाँ पिलर राख्ने काम भइरहेको छ । सडक विभागले पुल जोखिममा रहेकाले हेभी लोड गाडीलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको भन्ने सूचना पुलको दुवै तर्फ टाँस गरी मर्मत कार्य शुरु गरेको हो ।

Facebook Comments