नेकपाको विशेष श्रद्धाञ्जली सभा
नेकपाले पार्टी नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य ६ जनाको संयुक्त श्रद्धाञ्जली सभा गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जली सभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरूको सहभागिता थियो ।
करिब तीन महिनादेखि बिरामी पर्नुभएका पूर्व अर्थमन्त्री अधिकारीको गत शनिबार ८२ वर्षको उमेर निधन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे, पाइलट प्रभाकर केसीको पनि मृत्यु भएको थियो ।

