राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दु राष्ट्रका लागि आन्दोलन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा चरणबद्व आन्दोलन गर्ने उद्घोष गरेको छ । पार्टी नेताहरुले मुलुकमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको समेत बताएका छन् । राप्रपा (संयुक्त) को प्रदेश २ स्तरीय भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्षद्धय पशुपति शमसेर राणा र प्रकाशचन्द« लोहनीले संसारको एक मात्र हिन्दु राष्ट्रलाई हटाएर कांग्रेस, कम्युनिष्टले नेपाल र नेपाली जनतासँग अन्याय गरेको बताउनुभयो ।
अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान नै हिन्दु राष्ट्र भएको बताउँदै उक्त पहिचानलाई मेटाउनु नेपाललाई मेटाउनु सरह भएको उल्लेख गर्नुभयो । उहाँले हिन्दू राष्ट्रका लागि आफ्नो पार्टीले संघर्ष गर्ने बताउनुभयो । बेलायत, जापान जस्ता शक्तिशाली मुलुकमा पनि राजा भएको भन्दै शासनका लागि नभई उपस्थितिका लागि राजतन्त्र चाहिने उहाको भनाई थियो ।

