सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति
सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओली समेतको राउतको स्वतन्त्र गठबन्धनसँग सरकारले सहमति गरेको हो ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले र गठबरन्धनका तर्फबाट राउतले हस्ताक्षर गर्नुभएको छ । सहमतिमा गठबन्धनले मुलुकको अखण्डता स्वीकार गर्ने र सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने उल्लेख छ ।
संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराइ मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।
स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न जीविकोपार्जन गर्न, संघ संगठन र मूलधारको पार्टी खोल्न बाधा अवरोध नगरिने बताइएको छ । स्वतन्त्र मधेस गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने पनि सहमति भएको छ ।


