ग्याल्पो स्मृति ब्याडमिन्टनमा सुरेन्द्र हमाल र संजिव अधिकारीको जोडी प्रथम
ग्याल्पो स्मृति ११ अैां अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगितामा खुल्लातर्फ लायन्स क्लव अफ बेनीसिटीका सुरेन्द्र हमाल र संजिव अधिकारीको जोडी प्रथम भएको छ । सुरेश श्रेष्ठ र यदु अधिकारीको जोडी दाेस्राे, लायन्स क्लव अफ पिस चौतारीका होम गुरुङ्ग र फणिन्द्र तिमिल्सीना तथा लायन्स क्लव अफ गोल्डेन चौतारीका विशाल खड्का र विश्व अधिकारीले तृतीय स्थान हाँसिल गरे ।

गण्डकी प्रदेशका साँसद कृष्ण थापा, त्यसैगरि स्वर्गीय ग्याल्पो लामाका श्रीमती विन्धेश्वरी लामा, लायन सोनाम साङपो लगायतले विजयी खेलाडीहरुलाई एक समारोहका विच ट्रफि, मेडल तथा विभिन्न गिफ्ट ह्याम्पर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिकका पिएमसिसी लायन प्रेमबहादुर श्रेष्ठ, चिफ एडभाइजर धु्रव श्रेष्ठ लगायतले प्रतियोगिताको महत्वका बारेमा प्रकाश पारेका थिए । ‘स्वस्थ मुटुका लागि ब्याडमिन्टन’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ पोखरा अन्नपूर्णद्वारा पोखरामा आयोजित प्रतियोगिता क्लवका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा भएको कार्यक्रम संयोजक यदुनाथ अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।
भेट्रान्सतर्फ लायन्स क्लव अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ्ग र मिन गुरुङ्गको जोडीले प्रथम स्थान हाँसिल गर्यो । प्रतियोगितामा लायन्स क्लव अफ पोखरा अन्नपूर्णका डम्मरसिंह गुरुङ्ग र दुर्गा जोजिजु दाेस्राे तथा लायन्स क्लव अफ आँगनका श्याम श्रेष्ठ र रामकृष्ण श्रेष्ठले तृतीय स्थान हाँसिल गरे । लायन्स क्लव अफ फेवा लेकसिटीले उत्कृष्ट क्लवको पुरस्कार प्राप्त गर्यो ।

