परियार समाजले पोखरामा शुभकामना सांगीतिक साँझ गर्ने
परियार सेवा समाज, कास्कीले पोखरामा शुभकामना सांगीतिक साँझ गर्ने भएको छ । नेपाली कला संस्कृति हाम्रो पहिचान, नौमती बाजा संरक्षण प्रवद्र्धन भन्ने नाराका साथ चैत्र २३ गते सांगीतिक साँझ गर्न लागिएको पोखरामा पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।
पोखरा सभागृहमा हुने कार्यक्रममा राजु परियार, शिव परियार, प्रताप दास, जयकुमार परियार, पूर्णकला विसी(परियार), शिवराज गौतम, पूर्ण परियार, सविना सुनाम, रतिमाया परियार, दुर्गा परियार, आयुष परियार, सरस्वती परियार, सुनिता परियार, प्रज्ज्वल भित्रकोटी, विमल परियार, रेशम निर्दोष, इश्वर सिंह, हेमा परियार, पुनम परियार लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
प्रतिभाको पहिचान, सम्मान, संरक्षण एवं प्रवद्र्धन गर्दै कलाप्रेमीको रुचीलाई ध्यानमा राख्दै कार्यक्रम गर्न लागिएको आयोजक परियार सेवा समाज, कास्कीका अध्यक्ष किसान परियारले जानकारी दिनुभयो ।
परियार समुदायको संस्कृति जोगाउन प्रतिष्ठान गठन गर्ने पनि समाजले जनाएको छ । नव प्रतिभाहरुलाई पनि कार्यक्रमका अवसर दिइने आयोजकले जनाएको छ । जातीय साँस्कृतिक पहिचानको संरक्षणमा कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष परियारको भनाई रहेको छ । गायन र नृत्यका साथै परियार समुदायको पुख्र्यौली संस्कृति नौमती तथा पञ्चेबाजाको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ ।

