राप्रपाले पोखरामा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि सभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा सभा गर्ने भएको छ । हिन्दु राष्ट्र पुनः स्थापनाका लागि जनसंघर्ष कार्यक्रम अन्तर्गत र्याली तथा सभा गर्न लागिएको राप्रपा कास्कीले जनाएको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत यही फागुन २८ गते पोखरामा सभा गर्न लागिएको हो । सभालाई पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पोखरामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो । सनातन हिन्दु राष्ट्र पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जनाका लागि दवाव दिन, महिला विरुद्धको हिंसा अन्त्य गर्न, जातीय विभेद र छुवाछुत अन्त्यका लागि राष्ट्रिय स्वाभिमान यात्रा गरिएको सो पार्टीले जनाएको छ ।

देश र जनताको पक्षमा स्वाभिमान यात्रा गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले सबैमा सहयोगका लागि आह्वान समेत गरेको छ । राप्रपाले गत फागुन २० गतेदेखि शुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अभियान आउँदो फागुन ३० गते सम्पन्न हुने जनाइएको छ ।

Facebook Comments