मुलधारको राजनीतिमा आउन विप्लवलाई प्रचण्डकाे आग्रह
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विपल्पलाई मुलधारको राजनीतिमा आएर आफ्नो कुरा राख्न आग्रह गर्नुभएको छ । प्रेस संगठन कास्कीले पाेखरा एरर्पोटमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले यस्ताे बताउनु भएको हो ।

विप्लवलाई अहिले देशमा कम्युनिष्टको सरकार भएको र संघिय लोकतान्त्रीक गणतन्त्र भएकोले यससाई संस्थागत गराउँदा फाइदा हुने बताउनुभयाे । प्रचण्डले २५ बर्ष अगाडिको जस्तो अहिले नभएको भन्दै विप्लवलाई सवैभन्दा बढि आफुले चिनेको बताउनुभयो । आफ्नै सचिवलायमा काम गरेका विप्लवलाई वार्ता र सम्बाद मार्फत अगाडि बढ्न सुझाब पनि दिनुभयो ।
अध्यक्ष प्रचण्डले सिके राउतको बारेमा हिजो मधेशमा देखिएको गतिविधिले केही प्रश्न उब्जेपनि सिके राउतले आफ्ना शुभचिन्तकलाई व्रिफिङ गरेपछि सरकारसंग भएको सहमती अनुसार नै अगाडी बढ्ने बताउनुभयो । पृथकतावादी सोच बनाएकाहरुलाई पनि मुलधारमा ल्याउनु सरकारको सफलता भएको प्रचण्डको भनाई थियो ।
पत्रकारहरुले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले पार्टी एकता छिट्टै टुङोमा पुग्ने बताउनुभयो । कार्यकर्ताहरुलाई पार्टी एकता हुदैनकी भन्ने नसोच्न उहाँको आग्रह थियो । अर्को फरक प्रंसगमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीको निर्बाचन क्षेत्रमा हुने उपनिर्बाचनको बारेमा अहिले पार्टीमा कुनै कुरा नचलेको बताउनुभयाे ।
कास्की पार्टीको सल्लाह गरेपछि मात्रै भन्न सकिने भन्दै उहाँले स्व.अधिकारीकाे परिवार पनि राजनीतिक नै भएकाले र पार्टी र परिवार समेतकाे सल्लाहमा गिरने बताउनुभयाे । प्रेस संगठन कास्कीका नेता सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन घनश्याम पाण्डेयले गर्नुभएको थियो ।

