सिके राउतसँगको सम्झौताले अन्यौल सिर्जना भएकाे काँग्रेस संसदीय दलकाे ठहर

नेपाली काँग्रेस संघीय संसदीय दलले नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनवचि भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलका तर्फबाट विज्ञपित जारी गर्दै ध्यानाकर्षण भएको जनाइएको हो ।

सहमतिबारे नेपाल सरकार र सिके राउत पक्षले अलग अलग व्याख्या गरेकाले अन्यौलको अवस्था सिर्जना भएको संसदीय दलका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी सम्झौत ागर्ने छुट कसैलाई नरहेको काँग्रस संसदीय दलले जनाएको छ ।

राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमत संग्रहमा सहमति भएको भन्ने धारणा राखेको तथा जनकपुरमा भएका विभिन्न प्रचार सामग्रीले नेपालको राष्ट्रिय एकता र भौगलिक अखण्डतालाई प्रतिकूल असर पार्ने ठहर समेत काँग्रेसले गरेको छ ।

विज्ञप्तिमा प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुषाल गौतम, राष्ट्रिय सभाका दलका नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईंले हस्ताक्षर गर्नुभएको छ । साथै समान धारणाका साथ सहमति कार्यान्वयन हुनुपर्नेमा काँग्रेसले जोड दिएको छ ।

Facebook Comments