सरकार जनविरोधी काममा लाग्याे : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनविरोधी काम गर्दै गईरहेको आरोप लगाउनुभएको छ । पर्वतको जलजलामा काँग्रेसले आयोजना गरेको भेलामा बोल्दै सभापति देउवाले सरकारले सीके राउतसँग सम्झौता, निर्मला हत्या काण्डको छानविनमा सरकारको वेवास्ता, वाईडबडी जहाज खरिद प्रकरण, सुनकाण्डमा जनविरोधी काम गरेको आरोप लगाउनुभएको हो ।

उहाँले सरकारले जनपक्षीय काम गरोस् भन्ने आफूहरूको चाहना रहे पनि सरकारलाई समर्थन गर्ने खालका कुनै काम गर्न नसकेको बताउनुभयो । सरकारले एक वर्षे कार्यकाल केही नगरी खेर फालेको औल्याउँदै देउवाले एकवर्षमा सरकारले बारम्बार संविधान कुल्चने प्रयास गरिरहेको टिप्पणी गर्नुभयो । काँग्रेसको संयमलाई कमजोरी ठानियो भने सडक सङ्घर्षमा जाने उहाँको भनाइ छ ।

Facebook Comments