सरकारद्वारा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमा प्रतिबन्ध
सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा रुपमा प्रस्तुत हुने भएको छ । तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका पछिल्ला गतविधिलाई प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको हो ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । वार्तामा बोलाउँदा नआउने, बम पड्काउने, चन्दा माग्ने, धम्काउने लगायतमा संलग्न भएको भन्दै प्रतिबन्धको निर्णय लिएको सरकारी श्रोतको दावी रहेको छ ।
विप्लव माओवादीबाट राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा माग्ने तथा धम्क्याउने, जनप्रतिनिधिलाई राजीनामा दिन भन्दै पत्र पठाउने लगायतका घटना बढेपछि सरकारको यस्तो निर्णय आएको हो । प्रधानमन्त्रीले केपी शर्मा ओलीले विप्वल नेतृत्वको नेकपालाई लुटेरा समूहको रुपमा चित्रित गर्दै कडा कार्वाही गर्ने चेतावनी दिदैं आउनुभएको थियो ।

