पोखरा महानगर क्षेत्रमा बस चढ्दा स्मार्ट कार्ड प्रयाेग गर्न पाइने
पोखराका बसमा अब इटिकेटिङ सिष्टमा शुरु हुने भएको छ । पोखराका ८ सय बसमा अब स्मार्ट कार्ड मार्फत भाडा तिर्न सकिने भएको हो । पोखरा महानगरपालिका, एनक्लाउड कम्पनी काठमाडौ र पोखराका बस ब्यावसायी विच महानगरको सभाहलमा आइतबार सम्झोता भएको हो ।

इटिकेटिङ सिष्टमा स्मार्ट कार्ड भने केही समय पछि यात्रुले शुरुमा निशुल्क रुपमा पाउनेछन् । यात्रुले बोकेको त्यही कार्ड गाडीका सह साचालकले मेसिनमा छुवाएपछि जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैकमा जम्मा हुने ब्यस्था मिलाएको एनक्लाउड कम्पनी काठमाडौका सीओ दिपेन्द्र नारायाण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कार्डमा एक पटकमा एक हजार रुपैयाँसम्म राख्न सकिनेछ ।

यो प्रविधि जडानपछि पोखरामा ढोका ढोकाका स्टेशन अब हट्ने पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताउनुभयो । उहाँले स्मार्ट महानगर बनाउन महानगरमा गुड्ने बसपनि स्मार्ट हुनुपर्ने बताउनुभयो ।
अहिलेलाई पोखरा महानगरभित्र गाडीमा जडान गरिने प्रविधि केही समयपछि लामो दुरीमा सञ्चालनमा आउने गाडीमा पनि जडान गर्ने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एन कुमार साईले बताउनुभयो ।

