निर्माणधीन मध्य पहाडी लोकमार्ग हेमजा सडक खण्डमा गुनासै गुनासा(भिडियो)
राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग हेम्जा सडक खण्डमा गुनासोको पसारो सुनिएको छ । जनताबाट गुनासो आएको सुनेपछि आज गण्डकी प्रदेशका सदस्य एवं सोही क्षेत्रका प्रदेश सांसद रामजी बराल जिवन अवलोकनको लागि आइतबार सोही क्षेत्रमा पुग्नुभएको थियो ।
निर्माण कम्पनीले अहिले बनाएको नालामा गुणस्तरीय काम नगरेको क्युरिन नगरेको, सडकमा भएको धुलोले हिड्डुल गर्न समस्या भएको लगायतका स्थानीयको गुनासो गरेका छन् । यसैविच सडकमा नालानिर्माण गर्दा याम्दीमा रहेको ६५ घरका बासिन्दा निकास विहिन भएका छन् ।
स्कुल जाने विद्यार्थीलाई समस्या भएको ,मान्छे विरामी हुदा पनि समस्या भएको भन्दै तत्तकाल निकास हुनु पर्ने क्रान्ती आमा समुहका अध्यक्ष सिता थापाले बताउनुभयो ।
यसैविच इलेट कम्पनीका कन्ट्याक्टर म्यानेजर राजु रानाभाटले काम गर्दा कहि कमजोरी भएको हुन सक्ने भन्दै त्यसलाई सञ्चाउन तयार भएको बताउनु भयो । अबको डेढ बर्षमा सम्पुर्ण काम सक्नु पर्ने भएपनि विजुलीको पोलको कारण अब वैशाखदेखि काम ठप्प हुने बताउनु भयो ।
बाटोमा विजुलीको पोलछ बाटो सम्माउन जोत्नु पर्छ अब विजुलीको पोल नसारे काम नुहने उहाँको भनाई छ ।त्यस क्षेत्रमा अहिले २८ प्रतिशत काम सम्पन्न भएको छ । सांसद रामजी बरालले जनताको गुनासो छिटो भन्दा छिटो समाधान गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । बरालले संघिय सरकार र प्रदेश सरकारसंग बसेर टुङगाउनु पर्ने समस्या भए बसेर टुङगाउने बताउनुभयो ।

