होलीले साँस्कृतिक पर्यटनमा टेवा पुगोस : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले साँस्कृतिक पर्यटनको विकासमा टेवा पुगोस् भनी कामना गर्नुभएको छ । उहाँले फागुका अवसरमा सन्देश जारी गर्दै सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्दै साँस्कृतिक पर्यटन मार्फत् मुलुकको आर्थिक समृद्धि हाँसिल हुनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मूलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत गर्नुभएको छ । साँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख छ ।

