सेवा सुविधा रोकिएको भन्दै पुननिर्माणका इन्जिनियर आन्दोलित

राष्ट्रिय पुनः निर्माण प्राधिकरण मातहतका इन्जिनियरहरु आन्दोलित भएका छन् । सरकारले यसअघि दिदैं आएको सेवा, सुविधा रोकेको भन्दै इन्जिनियरहरु निजी आवास पुनर्निर्माणका काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

भूकम्प प्रभावित ३२ जिल्लाका दुई हजार सात सय इञ्जिनियर लगायत प्राविधिक जिल्ला सदरमुकाममा भेला भएका छन् । यसअघि उनीहरुले प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित पुनर्निर्माण हेर्ने कार्यान्वयन एकाइ तथा जिल्ला समन्वय समितिमा आफ्ना माग जानकारी गराएर पुरा गर्नका लागि १५ दिने अल्टिमेटम दिएका थिए ।

इञ्जिनियरले जिल्ला जिल्लामा रहेका पुनर्निर्माण हेर्ने कार्यालयमा ताला लगाएका छन् । यसअघि पाइआएको प्रोत्साहन भत्ता गत साउन १ देखि नपाएपछि काम छाडेर आन्दोलन गर्नु परेको आन्दोलनरत एक इन्जिनियरको भनाई रहेको छ ।

Facebook Comments