स्थानीय तहमा दमकल र एम्बुलेन्स उपलब्ध गराउने प्रदेश नं. ३ सरकारको तयारी

प्रदेश नं. ३ सरकारले सबै स्थानीय तह महानगर, उपमहानगर, नगरपालिकामा दमकल र गाउँपालिकामा एम्बुलेन्स सेवा पुर्याउने गृहकार्य शुरु गरेको छ । प्रदेश नं. ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले सबै गाउँपालिकामा एम्बुलेन्स तथा नगरपाकिलामा दमकल सेवा भए नभएकोबारे जानकारी माग गरेको छ ।

प्रदेश सरकारले विवरण माग गर्दै नगरपालिकामा दमकल र गाउँपालिकामा एम्बुलेन्स व्यवस्था गर्न लागेको जनाएको छ ।

एकहप्ता भित्र विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार गरिएको हो । विवरण उपलब्ध भएपछि दमकल नभएका नगरपालिकाकाका लागि दमकल उपलब्ध गराउने पक्रिया शुरु हुनेछ भने एम्बुलेन्स नभएका गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने प्रक्रिया शुरु हुनेछ ।

Facebook Comments