१६ स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने गण्डकी प्रदेश सरकारको निर्णय
गण्डकी प्रदेश अन्तर्गत १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने भएकाे छ । बिहिवार वसेको गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशका ११ जिल्लामा रहेका विभिन्न स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेलका अनुसार चौकी स्थापना गर्ने तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका दुई कार्यविधि पारित भएको छ ।
प्रहरी चौकी स्थापना हुनेमा स्याङजाको बिरुवा र कालीगण्डकी गाउँपालिका, मनाङको नार्पाभूमी
गाउँपालिका , पर्वतको बिहादी गाउँपालिका , तनहुँको घिरिङ, बन्दीपुर र आँबुखैरेनी
गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, क्वहोलासोथर र दोर्दी गाउ“पालिका, मुस्ताङको लोमन्थाङ गाउँपालिका , गोरखाको चुमनुब्री
गाउँपालिका, म्याग्दीको रघुगंगा गाउँपालिका सगै पूर्वी नवलपरासीको हुप्सेकोट र विनयी त्रिवेणी
गाउँपालिका रहेका छन् । ति स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गरिनेछ ।
प्रत्येक स्थानीय तहमा एक प्रहरी चौकी अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार प्रहरी चौकी नभएका १६ स्थानीय तहमा चौकी स्थापनाका लागि आवश्यक भवन सहित शौचालय वनाउनका लागि बैठकले ४ करोड ५० लाख बजेट निकासा गर्ने निर्णय समेत गरेको छ ।

