विप्लव नेतृत्व नेकपाका नेता हेमन्त प्रकाश वली सहित ९ नेता पक्राउ
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य एवम मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सहित ९ जना नेता–कार्यकर्तालाई शनिबार बिहान काभ्रेबाट पक्राउ गरेको छ ।
खानीखोला गाउँपालिका–७, मिल्चेस्थित बोरेनीनजिकै काभ्रेपलाञ्चोक र ललितपुरको सिमानाबाट बा १७ च ४८९३ नम्बरको स्कारपियो गाडीमा वलीसहितका नेता–कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ ।
उनीहरूलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सर्चर अप्रेसनका क्रममा पक्राउ गरेको हो । वलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोटको जिम्मा लिएको प्रहरीले जनाएको छ । उक्त घटनामा एकजनाको मृत्यु तथा दुईजना घाइते भएका थिए ।

