विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न काँग्रेसकाे आग्रह
नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता मार्फत् समस्या समाधान गर्नुपर्ने बताएको छ । संसद बैठकमा सम्बोधन गर्दै काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले वार्ता मार्फत् नै समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।
ठूला कुरा गर्ने भाषण गरेर विप्लव समूहलाई तह लगाउने कुरा प्रधानमन्त्रीको कुरा ठीक भएन । वार्ता मार्फत् विप्लव समूहलाई शान्ति पूर्ण राजनीतिमा ल्याउनुपर्यो । गच्छदारको आग्रह थियो ।
Facebook Comments

