कारबाही गर्न माग गदै अनेमसंघको ज्ञापनपत्र

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्र्टी निकटको अखिल नेपाल महिला संघ ९ अनेमसंघले पोखरामा पछिल्लो समय भएका यौनजन्य हिंसा र र्दुव्यवहारका घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ ।

संघले मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभाका सभामुख, उपसभामुख, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका प्रमुख र उपप्रमुख तथा जिल्ला प्रहरी कार्यालय कास्कीलाई ज्ञापनपत्र बुझाउदै पोखरामा पछिल्लो पटक भएका यौनहिंसाको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बुझाएको ज्ञापनपत्रमा गत चैत ८ गते पोखरा महानगरपालिका वडा नम्वर ६ लेकसाईडमा रहेको एक घरमा बस्दै आएकी बालिकालाई यौन हिंसा र यौनजन्य र्दुव्यहारका कारण मनोबैज्ञानिक असर परेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । त्यस्तै संघले पोखराको वडा नम्वर ७ मा एक बालिकाले बेवारिसे बच्चा जन्माएको बताउदै दोषिलाई कारबाहीको माग गरेको छ ।

संघले सवै कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरेका थिए । अनेसमसंघ कास्कीका अध्यक्ष शुशीला पराजुलीले प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने हक संविधानमा सुनिश्चित गरेको र महिलालाई मात्र धारा ३८ मा छुटटै मौलिक हक प्रदान गरिएको अवस्थामा दिनहु हुने यौन जन्यहिंसाका घटनाले असुरक्षित महसुस गरेको बताउनुभयो ।

ज्ञापनपत्र बुझाउदै उनले पोखराको लेकसाईड र मासबारमा भएका घटनाका दोर्षिलाई कडा कारबाहीको लागि जोडदार माग गरिएको छ । ज्ञापनत्र बुझदै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिहेको बताउदै सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाहीका लागि आफनो तर्फबाट खेल्नुपर्ने भुमिका निर्वाह गर्ने बताउनुभयो ।
ज्ञापनत्र बुझाउन अनेमसंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सांसद मित्रकुमारी गुरुङ सुवेदी, अनेमसंघका नेत्रीहरु गजमकुमारी गुरुङ, राधिका शाहीयोगी, रत्ना गुरुङ, अञ्जु क्षेत्री, विजया सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments