राहत सहित प्रचण्ड आँधीहुरी प्रभावित क्षेत्र बारा र पर्सा जाँदै

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षणमा जानुहुने भएकाे छ । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि मंगलबार त्यसतर्फ जान लाग्नुभएकाे उहाँकाे निजी सचिवालयले जानकारी दिएकाे छ ।

आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत जान लाग्नुभएकाे हाे । निरीक्षणपछि अध्यक्ष प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे बारा र पर्सामा पुगेर पीडित परिवारसँग भेटेर जानकारी लिने बताइएकाे छ । प्रचण्डले पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहतसमेत वितरण गर्ने योजना बनाएका छन् ।

Facebook Comments