नयाँ अनुसन्धानमा सरकारले सहयाेग गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

विद्यवान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नुहने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ, नयाँ अनुसन्धानमा लाग्न सुझाब पनि दिनुभयाे । साथै उहाँले समृद्ध नेपाल,सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुपर्नेमा जाेड दिनुभयाे ।
Facebook Comments

