अग्रज पत्रकार किशोर नेपाललाइ पाेखरामा सम्मान
अग्रज पत्रकार किशोर नेपाललाइ पाेखरामा सम्मान गरिएकाे छ । कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट नेपाल सम्मानित हुनुभएकाे हाे । नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित, सूर्य प्रेम बहुउदेश्यीय समाजसेवा ट्रष्टले स्थापना गरेको उक्त सम्मानबाट पत्रकार नेपाललाइ सोमबार पोखरामा सम्मान गरिएकाे हाे ।
प्रथम राष्ट्रपति डा.रामवरण यादव, उद्योगपति तथा सांसद सूर्यबहादुर केसी लगायतले पत्रकार नेपाललाई नगद, सम्मान–पत्रको साथमा दोसला ओढाएर फुलमालाले सम्मान गर्नुभएकाे हाे । सम्मानकाे नगद राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । महासंघ कास्कीका सल्लाहकार बद्रि विनोद प्रतिकको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले दिएको सिफारिसको आधारमा महासंघ कास्कीले नेपाललाई सम्मान गरेको हो ।
प्रथम राष्ट्रपति डा.रामवरण यादवले कार्यक्रममा बोल्दै नेपालकै पुराना पत्रकार नेपाललाई पोखरेलीले सम्मान गर्नु प्रशंसनिय कार्य भएको बताउनुभयाे । लोकतन्त्रको राजमार्ग कहिलै नटुट्ने गरी अघि बढाउन आग्रह गर्दै जारी संविधानको कान्वयनमा सवै लाग्नु पर्नेमा उहाँले जाेड दिनुभयाे ।
कार्यक्रममा बोल्दै सम्मानित पत्रकार नेपालले ठुलो धनराशी सहितको उक्त पुरस्कार आफुलाई प्रदान गरेमा धन्यवाद दिदै पत्रकारितामा प्रविधिले गर्दा झन चुनौती र अवसर आएको उल्लेख गर्नुभयाे ।
राष्ट्रिय सभासदस्य बृद्धा रानाले राज्यले अभिव्यक्ति स्वतन्त्रताको नाममा मिडियालाई अनुगमन गर्ने निुहँमा नियन्त्रण गर्न खोजेको जिकीर गर्नुभयाे । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।

