भरतपोखरीमा मिठो पानीको कम्पनी शुभारम्भ

रोजगारीका खोजीमा देशका युवा दिनानुदिन विदेशिएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिबृद्धिको लक्ष्यका साथ युवा सकृयतामा पानी कम्पनी सञ्चालनमा आएको छ ।

पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भैरहेको भरतपोखरीको चैनपुर फेदीमा झण्डै डेढ करोडको रुपैयाँको लागतमा हिल साइड ड्रिङकिङ्ग वाटर प्रा.लि. सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका अध्यक्ष खगेन्द्रराज अधिकारीका अनुसार दैनिक १२ जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने गरी सञ्चालनमा आएको उद्योगबाट दैनिक ५० हजार लिटर पानी बजारमा लगिने छ । उद्योगमा ६ जना सञ्चालक छन् ।

उद्योगको उत्पादन ‘मिठो पानी’को आज यहाँ आयोजित उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले भरतपोखरीमा विकासको क्रम तीव्र रुपमा बढीरहेका अवस्थामा औद्योगिकरणले पनि गति लिएको बताउनुभयो ।

उद्योग सञ्चालनले व्यवसायिकताको विकाससँगै रोजगारी सिर्जना हुने उहाँको भनाई छ । पोखरा ३३ मा विकासका योजना तीव्र रुपमा अघि बढेको उल्लेख गर्दै आचार्यले जनअपेक्षा अनुरुप विकासका कामलाई प्राथमिकताका साथ बढाइएको बताउनुभयो ।

सञ्चालक गोपिराज तिवारीले गत वर्ष चैत १८ गतेबाट उद्योग सञ्चालनका लागि प्रकृया थालिएको जानकारी दिदै एक वर्ष समयावधिमा उत्पादन बजारमा पु¥याउन सकिएको जानकारी दिनुभयो ।

हालका लागि एक लिटरको बोत्तलका साथै १९.५ लिटरको जार बजारमा लगिने र निकट भविष्यमा आधा लिटरको बोत्तलमा समेत निकाल्ने कम्पनीको तयारी छ । मिठो पानीलाई पोखरा सहित देशका प्रमुख शहर हुँदै अन्तराष्ट्रिय बजारमा समेत पु¥याउने दीर्घकालिन लक्ष्य राखिएको छ ।

अर्का सञ्चालक सुदनराज अधिकारीले उद्योग सञ्चालनसँगै केही युवालाई प्रत्यक्ष तथा धेरैलाई अप्रत्यक्ष रोजगारी दिन सकिने धारणा बताउनुभयो । वैज्ञानिक सनत कुमार श्रेष्ठले कम्पनीबाट अन्तराष्ट्रिय मापदण्ड अनुरुपको गुणस्तरीय पानी उत्पादन हुने जानकारी दिनुभयो ।

Facebook Comments