सरकार समाजवादी बाटोमा : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजवाद तर्फ अगाडि बढिरहेको बताउनुभएको छ । काठमाण्डौंमा राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले विपक्षीले प्रचार गरेजस्तो सरकार अधिनायकवादी बाटोमा नभई समाजवादी बाटोमा अगाडि बढेको जिकीर गर्नुभयो ।

सरकारले समतामूलक समाज निर्माण गर्न तिब्र गतिका साथ अघि बढिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले अधिनायकवाद आयो भन्ने झुटो प्रचार जनताले विश्वास नगर्ने जिकीर समेत गर्नुभयो । मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको जानकारी दिनुभयो । परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments