प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्रीहरुवीच भेटवार्ता, बजेट सिलिङ नपठाइएको प्रति असन्तुष्टी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुख्यमन्त्रीहरुसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग आज प्रधानमन्त्रीले संयुक्त छलफल गर्नुभएको हो । मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले आउने वर्षको नीति, कार्यक्रम र बजेटका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसका साथै विकास निर्माण, आर्थिक अनियमितता, कर्मचारी अभाव र संघ प्रदेश समन्वयमा देखिएका समस्याका विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएकाे श्राेतले जनाएकाे छ । प्रधानमन्त्रीले वित्त व्यवस्थापन  र  छिटोछिटो विकास गर्ने विषयमा पनि  मुख्यमन्त्रीहरूसँग चासाे व्यक्त गर्नुभएकाे थियाे ।

छलफलमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार  देखिएका समस्याहरूबारे मुख्यमन्त्री  र प्रधानमन्त्री कार्यालयले एजेन्डाहरू तय गर्ने र तिनलाई औपचारिक रूपमा बैशाख १४ गते हुने अन्तर प्रदेश परिषद् बैठकमा पेश गर्ने निर्णय भएकाे छ ।

बैठकमा मुख्यमन्त्रीहरुले अघिल्लो अन्तर प्रदेश परिषद्को बैठकले गरेका २९ बुदेँ निर्णय कार्यान्वयन नभएको गुनासो गर्नुका साथै प्रदेशमा बजेटको सिलिङ नपठाइएको प्रति असन्तुष्टी जनाएका थिए ।

Facebook Comments