नेकपा नेता गौतम बेराेजगार !
नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले बेराेजगार बन्नुपरेकाे बताउनुभएकाे छ । विगत एक बर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको उहाँकाे गुनासो थियाे । विहीबार चितवनमा स्वर्गीय जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्ने क्रममा नेता गौतमले यस्ताे बताउनुभएकाे हाे ।
वहाँले भन्नुभयाे, ‘विगत बर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन्, म पार्टी भित्र बेरोजगार भएको छु । उहाँले आफु पार्टीको तर्फबाट जहाँ जान खोज्यो त्यहाँ आलोचना हुने गरेको गुनासाे गर्नुभयाे ।
पार्टीभित्र सदस्यता दिने र नेता बनाउने काम हुने गरेकाे तर सिद्धान्त, त्याग र समपर्णमा लाग्ने नेताहरु कमजोर भएकाे उल्लेख गर्नुभयाे । पार्टीमा भूमिकाबिहिन हुँदाको पीडामा परेकाे उहाँकाे भनाइ थियाे । नेता गाैतमले स्वर्गीय भेटवाल लगनशिलता र कृयाशिलता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयाे ।

