एशियन लाईफ ईन्स्योरेन्स १२ औं बर्षमा प्रवेश गरेको अवसरमा रक्तदान
एशियन लाईफ ईन्स्योरेन्स कम्पनी १२ औ वर्ष प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ । पोखरा चिप्लेढुंगामा रहेको आफ्नो कार्यालय अगाडी मानवअधिकार चोकमा गरेको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लि पोखराका शाखा प्रवन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रक्तसंचार केन्द्र पोखरा कार्यालय प्रमुख ध्रुवराज लामिछानेले खेर जाने रगत दान गर्दा अरुको जिवन वच्न सक्ने बताउनुभयो । उहाँले पहिलो रक्तदाता लक्ष्मण न्यौपानेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
समाज र राष्ट्र निर्माणगर्न हाम्रो सानो अभियान तपाई हामी सवैले गरौ रक्तदान भन्ने मुलनाराका कार्यक्रम गरिएको हो । सो अवसरमा शाखा प्रवन्धक वद्रीनाथ पौडेलले एशियन लाईफले जारी गरेको वीमा योजना र हाल सालै सञ्चालनमा ल्याएको दम्पती सुरक्षा प्लस योजना तथा १८ वटा रोगको समेत समेटेको एयिशन क्रिटिकल केयर पुरक करार बारे जानकारी गराउनुभएको थियो ।

