भ्याली स्पोर्टस् क्लबको स्वागत र बधाई

“पोखरा खेलकुदको सहर फुटबल बिकास गराउने भ्यालीको रहर” भन्ने मुल नाराका साथ २०४७ सालमा रामबजारको राम मन्दिरको प्राङ्गणमा स्थापनाभएको भ्याली स्पोर्टस् क्लब रामबजारले एक कार्यक्रमको आयोजना गरी श्री कृष्ण मन्दिर रामबजारको सभा कक्षमा रामबजार सोसाईटि यूकेका निबर्तमान अध्यक्ष लगायतका लाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा रामबजार बजार सोसाईटी युकेका निबर्तमान अध्यक्ष सनमन गुरुङ्गको प्रमुख अतिथिमा सम्पन्न स्वागत तथा बधाई कार्यक्रममा रामबजार सोसाईटि युके का निबर्तमान अध्यक्ष सनमन गुरुङ्ग र क्लबका पूर्व खेलाडी अफ्गानिस्तान बाट केहि दिनका लागि पोखरा आउनु भएका क्लबका पूर्व खेलाडी दल बहादुर गुरुङ्ग लाई स्वागत तथा क्लबका पुर्व अध्यक्ष रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्षमा चयन हुनुभएकोमा क्या. थमान सिंह थापा, श्रीकृष्ण मन्दिर संचालक समितिका अध्यक्ष एवं जेष्ठनागरिक मिलन केन्द्रका सचिव ज्ञानबहादुर थापा, रामबजार सोसाईटि यूके का नेपाल प्रतिनिधि एवं जेष्ठ नागरिक मिलन केन्द्रका कोषाध्यक्ष भुपेन्द्र कुँवर र अण्डर नाईन्टिन राष्ट्रीय फुटबल खेलाडी श्रीजंग श्रेष्ठ लाई सफल कार्यकालको सफलताको साथ हार्दिक बधाई दिईएको हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथी सनमन गुरुङ्गले पहिले पहिलेको फुटबल खेल र अहिलेको फुटबल खेलमा आकास जमिनको फरक रहेको बिचार ब्यक्त गर्नुभयाे । उहाँ बिदेसी भुमिमा खेलाडीहरू जब रिटाएर हुन्छन त्यस्ता खेलाडीहरूले मात्र सेभेन ए साईड फुटबल खेल्ने गर्छन तर नेपालमा हाल देखिएको सेभेन ए साईड फुटबल टोल टोलमा हुने देख्दा अचम्म लागेकाे बताउनुभयाे । उहाँले सेभेन ए साईड फुटबलले फुटबल बिकासमा खासै भुमिका नरहने बताउनुहुदै अब यो क्लबले ईलेभेन साईड फुटबल प्रतियोगिता संचालन गरेर फुटबल बिकास गराउदै खेलाडी उत्पादन गराउने तर्फ लाग्नुपर्ने उक्त कार्यको लागि सहयोग गर्न गराउन लागिपर्ने बताउनुभयो ।

उक्त सम्पन्न तथा बधाई कार्यक्रममा पूर्व खेलाडी दल बहादुर गुरुङ्ग (दल्लु) ले फुटबल ट्रेनिङ्गका आबश्यक सामाग्री हस्तान्तरण गर्ने र क्लब ले गर्ने प्रतियोगितामा आफुले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्या. थमान सिंह थापा, क्लब पुर्व उपाध्यक्ष खेम गुरुङ्ग, श्री कृष्ण मन्दिर संचालक समिति का अध्यक्ष ज्ञान बहादुर थापा, रामबजार सोसाईटि यूके का नेपाल प्रतिनिधि भुपेन्द्र कुँवर लगायतका बक्ताहरुले आ आफ्नो बिचार राख्नु हुदै क्लब लाई अगाडि बढाउन सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

क्लब को आयर ब्याय कोषाध्यक्ष खुम गुरङ्गले प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रगति लाई अगाडि बढाउन क्लबको निति नियम केहि परिवर्तन गरि अगाडि बदाउने निति बनाई संचालन गराउने निर्णय गरिएको क्लबका प्रथम उपाध्यक्ष बिश्व तण्डुकारले बताउनुभयाे । साे कार्यक्रम क्लबका द्वितीय उपाध्यक्ष प्रितम गुरुङ्गले स्वागत, क्लबका अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा र क्लबका सचिव डबिन गुरुङ्गले संचालन गर्नुभएको थियो ।

Facebook Comments