पाेखरेली दर्शक प्रमाेद खरेलसँग रमे
लोकप्रिय गायक प्रमोद खरेलले पाेखरा सभागृहमा ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा ।’काे लाइभ प्रस्तुति राखिरहँदा पाेखरेली दर्शकहरु खरेलको गायकीमा मज्जैसँग झुमेका छन् । पाेखरामा बार्दली मिडियाकाे संयाेजनमा भएकाे कार्यक्रममा पाेखरेली दर्शक यसरी
झुमेका हुन् । २÷४ वटा गीत गाईसकेपछि प्रमोद अलि मलिन बने ।
भित्ताको इलेक्ट्रिक स्क्रिनमा स्व. रवीन्द्र अधिकारीको तस्विर नाचिरहँदा भने खरेलकाे गायन मलिन बन्याे, सभागृहकाे माहाेल पनि शान्त । प्रमोदले एकनारायण भण्डारीको गीत ‘याद गर्न पनि कोही कोही त चाहिने रहेछ ।’ भन्ने गीत अधिकारीको यादमा प्रस्तुत गरेकाे हुनुपर्छ ।
यसअघि जाेडले हुटिङ गरिरहेका दर्शकहरु शान्त भइ गीत सुनेका थिए। कास्कीका युवा नेता रविन्द्र अधिकारीको अघिल्लो महिना ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर दुखद निधन भएको थियो ।
पोखरामा प्रमोद खरेल कार्यक्रममा प्रमोदले आफ्ना लोकप्रिय र चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जनात्मक प्रस्तुतिमा दर्शकले भरपुर साँगीतिक आनन्द लिए । पाेखराका सर्जक शालिग्राम गिरी(शितल)काे सिर्जना ‘म विना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गजल दर्शक श्राेतावीच अहिले पनि अत्यन्तै लाेकप्रिय छ ।
प्रमोदलाई पोखरेली दर्शकसँग जोड्न र केही सामाजिक काम गर्ने उद्देश्य सहित सांगीतिक साँझ गरिएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयाे । कार्यक्रममा प्रमोदसँगै मिना निरौला र कलाकार मनाेज गजुरेलले साँगीतिक र हास्पय प्रस्तुति राख्नुभएकाे थियाे ।

