सेनाका उपरथी गौरव तण्डुल रथीमा बढुवाका लागि सिफारिस
नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथीमा बढुवा सिफारिस गरिएको छ । बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड वैठकले तटण्डुललाई रथीमा बढुवाको सिफारिस गरेको हो ।
प्रधानसेनापति पुर्णचन्द्र थापाले गिरी नेतृत्वको बोर्ड वैठकको निर्णय शुक्रवार सदर समेत गरिसकेको बताइएको छ । सेनाका हालका बलाधिकृतरथी हेमन्तराज कुंवर आगामी वैशाख ११ मा उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएपछि तण्डुलको सिफारिस गरिएको हो ।
सेनामा रथीको उमेर हद ५८ वर्ष रहेको र अवकास हुन् १५ दिन अघि नै विदामा वस्नुपर्ने सैनिक परम्परा रहेको छ । सोही परम्पराअनुसार कुवंर यही चैत २८ मा विदामा बस्ने तयारीमा रहेको बताइएको छ ।
तण्डुलको बढुवाको दावी विरोधको लागी एक हप्ते सुचना समेत प्रकाशित भइसकेको छ । बढुवा समितिले तण्डुलको सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ को सरुवा बढुवासम्बन्धी नियमावलीको नियम ३३ को क बमोजिम बढुवा सिफारीस गरिएको जनाइएको छ ।

