मातृभूमी कप चैत ३० मा हुने

चितवनमा हुने भनिएको ‘मातृभूमी कप’ चैत ३० गते हुने भएको छ । यसअघि चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगित भएको बताइएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मातृभूमी कप आयोजना गर्न लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार नयाँ वर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगीताको तयारी भईरहेको छ । मंगलबारदेखी पुनः कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिनुभयो ।

प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने फाउण्डेसनले स्पष्ट पारेको छ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ । ईसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ ।

Facebook Comments