सरकारले प्रतिक्रियावादीकाे संरक्षण गर्दैछ : महासचिव वैद्य
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे पुनः अालाेचना गर्नुभएकाे छ ।
काठमाण्डाैंमा अायाेजित कार्यक्रममा महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरु कसरी कम्युनिष्ट हुन्छन् भन्दै गम्भीर प्रश्न समेत उठाउनुभएकाे छ ।
पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले वर्तमान सरकार देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षणमा केन्द्रित रहेकाे अाराेप लगाउनुभयाे ।
वर्तमान सरकारविरुद्ध जनयुद्ध जस्तै अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको महासचिव बैद्यको भनाई थियाे । महासचिव वैद्यले वर्तमान सरकारले शोषितपीडित जनताको प्रतिनिधित्व नगर्ने जिकीर गर्नुभयाे ।

