प्रदेश सरकारले दिने विदामा प्रदेशमा रहेका सबै कार्यालय बन्द हुने

अबदेखि प्रदेश सरकारले दिने विदाको दिनमा केन्द्र सरकार मातहत रहेका कार्यालय पनि बन्द हुने भएका छन् । यसअघि प्रदेश सरकारले विदा दिए पनि केन्द्र सरकार मातहतका कार्यालय भने सूचारु हुने गरेका थिए ।

जसका कारण कतिपय प्रदेशमा संघ र प्देशवीच विवाद बढेको थियो । मन्त्री परिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयाजित पत्रकार सम्मेलनमा नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रदेश सरकारले दिने विदामा संघ मातहतका कार्यालय पनि बन्द हुने जानकारी दिनुभएको हो ।

बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिका नाममा गएको विषयमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बाँस्कोटाले सरकारले सार्वजनिक जग्गाको संरक्षणका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

चिकित्सकहरुले एकैचोटी हड्तालमा जाने कार्य कुनै हिसाबले शोभनीय नहुने मन्त्री बाँस्कोटाको टिप्पणी रहेको थियो । यद्यपि चिकित्सकका ब्यवहारिक समस्या समाधानका लागि भने सरकार तयार नै रहेको उहाँको भनाई थियो । सेतो कमिज लगाएका छौं भनेर हामीले जे भन्छौं त्यही हुनुपर्छ भन्ने भनाई हो भने त्यो सरकारलाई मान्य हुँदैन ।

डाक्टरले आफ्नो मर्यादा के हो सोच्नुपर्दछ जनतालाई औषधि उपचार नगरीकन हड्तालमा उत्रदा मर्यादा कायम हुन सक्छ ? उहाँको प्रश्न थियो । सरकारले खटाएको ठाउँमा नजाने भन्ने हुन नसक्ने भन्दै मन्त्री बाँस्कोटाले काममा फर्केपछि ब्यवहारिक समस्या सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।

Facebook Comments