पत्रकार अर्जुन गिरी रिहा
पत्रकार अर्जुन सेन गिरीलाई प्रहरीले रिहा गरेको छ । पोखराका व्यवसायी विपीन बतासले साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गराएपछि गिरीलाई प्रहरीले सोमबार विहान पक्राउ गरेको थियो । पोखराबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाण्डौ लगिएपनि गिरीलाई साँझ रिहा भएको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिनुभएको छ ।
अदालती पक्रिया भने भोली पुरा हुने बताइएको छ । गिरीले विपीनराज बतासले ठगी गरेको भन्ने विषयमा ताण्डव साप्ताहिकमा समाचार प्रकाशन गरेको विषयमा मुद्दा परेको बताइएको छ । तर उक्त मुद्दा साइबार क्राइम अन्तर्गत नहुने भन्दै पत्रकार महासंघ लगायत विभिन्न संगठनले आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका थिए ।
Facebook Comments

