मुस्ताङको कोवाङमा ओम विकास गौचनको नाममा गरियो चोकको नामाकरण
ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको चोकको नामाकरण गरेको छ । स्वर्गीय ओम विकास गौचनको नाममा चोकको नाम ओम विकास चोक राखिएको हो ।
पूर्व सांसद स्व।गौचनको १३ औं स्मृति दिवस पारेर एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले चोकमा राखिएको बोर्डको अनावरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै बस्नेतले स्वर्गीय गौचन प्रति श्रद्वाञ्जली व्यक्त गर्दै सरल स्वभाव तथा मिलनसार व्यक्तिलाई गुमाउनुपर्दा पीडा भएकोे बताउनुभयो । गौचनले मुस्ताङको विकासमा पु¥याएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा वोल्दै प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले मुस्ताङले एक समाजसेवी एवं अभिभावक गुमाएको बताउनुभयो । शेरचनले मुस्ताङको समग्र विकास तथा शिक्षा क्षेत्रमा गरेको काम अविस्मरणीय रहेको बताउनुभयो ।
श्रीमाया थकाली र महेन्द्र शेरचनको निर्वाचन क्षेत्र विकास कोष २०७२÷७३ बाट ६ लाख ५५ हजार रुपैयाँको लागतमा २०७३ सालमा चोकमा गौचनको शालिक निर्माण गरिएको थियो । सो शालिक भएको स्थानलाई नै ओम विकास चोक नामाकरण गरिएको ओम विकास तथा देउकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष सवि गौचनले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष रमेश भट्टचन र संचालन सचिव गिरसिंह शेरचनले गर्नुभएको थियो ।

