पत्रकार पक्राउको विरोधमा सम्पादकीय तथा समाचार प्रसारण बन्द

पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पोखरबाट प्रकाशति अधिकांश पत्रिकाले बुधबारको सम्पादकीय कोलममा कालो पातेर विरोध जनाएका छन् । रेडियो तथा टेलिभिजनमा पनि ९० सेकेण्ड समाचार प्रसारण बन्द गरेर विरोध जनाइएको छ ।

पत्रकार महासंघ कास्कीले गरेको आह्वान अनुसार सञ्चारमाध्यममा विरोध जनाइएको हो । यसअघि मंगलबार अनलाइन पत्रकार संघले काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेको थियो । विद्युतीय अपराधको तरबार नदेखाउ, पत्रकारले लेख्ने हो लेख्न पाउनुपर्छ भन्दै संघले माइतीघरमा प्रदर्शन गरेको हो ।

चित्त नबुझेपछि पत्रकारलाई विद्युतीय कारोबार ऐन अनुसार कार्वाही गर्न थालिएपछि आन्दोलनका क्रममा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग गरिएको छ । पत्रकार गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएको हो । काठमाण्डौ जिल्ला अदालतले गिरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ ।

सोमबार पत्रकार महासंघको रोहवरमा मंगलबार अदालती प्रक्रियाका लागि हाजिर हुने गरी रिहा गरिएको थियो । यसअघि कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकारहरुले धर्ना दिएका थिए ।

Facebook Comments