विप्लव नेतृत्वकाे नेकपाकाे बन्दः पाेखरामा शंकास्पद बस्तु फेला

पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पाेखराकाे नदिपुरमा रहेकाे गण्डकी प्रदेशसभा भवन प्रबेश गेट अगाडि शंकास्पद बस्तु भेटिएको छ । उक्त बस्तु बम हुन सक्ने भएकाले अहिले सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।

त्यसै गरि पोखरा ५ जिरोकिलो नजिकै पनि शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । विप्लव नेपाल कम्युनिष्ट पार्टीकाे नेपाल बन्दका क्रममा उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको आशंका रहेकाे छ ।

Facebook Comments