पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा
पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा हुनुभएकाे छ । उहाँलाइ साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखेकाे थियाे ।
गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो । ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरीलाइ पाेखराबाट पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्यूराेले हिरासतमा राखेकाे थियाे ।
गिरीकाे रिहाइकाे माग सहित नेपाल पत्रकार महासंङ्घले देशैभरका शाखाहरू मार्फत् धर्ना तथा प्रदर्शन गरेकाे थियाे ।
Facebook Comments

