मेलम्चीको समस्या छिट्टै समाधान हुन्छ : खानेपानी मन्त्री मगर
खानेपानीमन्त्री विना मगरले निर्माण कम्पनीसँगको विवादका कारण रोकिएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढ्ने बताउनुभएको छ । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने दाबी गर्नुभयो ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराउदै यस्तो बताउनुभएको हो ।
मन्त्री मगरले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षण गर्नुपर्ने उहाँको भनाई थियो । यसका साथै उहाँले काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायले त्यसको सदुपयोग भए÷नभएको विषयमा विशेष निगरानी राख्नुपर्नेमा समेत जोड दिनुभयो ।
Facebook Comments

