नेपाल स्वतन्त्र प्रेसको अवधारणा अवलम्बन गर्नमा कमजाेर

नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आउन नसकेको एक अध्ययनले देखाएको छ । रिपोटर्स विथआउट बोडर्सले विहीबार सार्वजनिक गरेको सन् २०१९ को प्रेस स्वतन्त्रता सूचीमा नेपाल अघिल्लो बर्षकै अवस्थामा तालिकाको १ सय ६ औं स्थानमा यथावत छ ।

नेपाल सरकारले स्वतन्त्र प्रेसको अवधारणालाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारले ल्याएको फौजदारी कानुनले खोजी पत्रकारितालाई निरुत्साहित गर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त सार्वजनिक पदमा रहेको व्यक्तिको आलोचनालाई समेत बन्देजको प्रयास गरेको प्रतिवेदनमा जनाइएको छ ।

नेपालसहित विश्वभरका पत्रकारको अवस्थाबारे अनुसन्धान गरी प्रतिवेदन तयार पारिएको हो । यसका साथै प्रतिवेदनमा सरकारी पत्रिका, रेडियो स्टेसन र टिभि च्यानलले सञ्चारमाध्यम विरोधी सामाग्री प्रशारण गरेको प्रति चिन्ता ब्यक्त गरिएको छ । मुद्दा ममिलाको झमेला र सरकारी प्रवृत्तिका कारण नेपालमा स्वतन्त्र सञ्चारमाध्यमले कठिनाईको सामना गरिरहेको उल्लेख छ ।

Facebook Comments