ओली सरकारबाट जनताले मुक्ति चाहेका छन् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको दाबी गर्नुभएको हो ।

सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उहाँले भ्रष्टाचार र बेथिति विरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन पनि दिनुभयो । उहाँले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली काँग्रेसले लगाम लगाउने बताउनुभयो ।

कानुन विपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उहाँले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध काँग्रेसले जागरण अभियान सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा काँग्रेस महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिष्ट सरकारले देशलाई खोक्रो बनाएको आरोप लगाउनुभयो ।

Facebook Comments